रुँदै रुँदै रेडियो नेपालबाट बाहिरिइन् कोमल वली, अब समाचार भन्ने छैनन् (तस्बिर)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २३ फागुन । सञ्चारकर्मी र गायिकाको रूपमा स्थापित कोमल वलीको परिचय अहिले बदलिएको छ । उनी अब राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य भएकी छन् ।

२३ वर्ष लामो रेडियो नेपालको यात्राबाट वलीले आइतबारदेखि विश्राम लिएकी छिन् । अब उनको स्वरमा रेडियो नेपालबाट समाचार सुन्न पाइने छैन । उन आइतबार रेडियो नेपालले विशेष कार्यक्रम गरेर औपचारिक रूपमा बिदाइ गरेको थियो । बिदाइ कार्यक्रममा लामो समय रेडियो नेपालमा बिताएकी वल निकै भावुक बनिन् । उनले आफ्नो आँसु रोक्न सकिनन् । वली रोएपछि उनका सहकर्मीहरू पनि रोएका थिए ।

सहभागीहरूले वलीले रेडियो नेपाललाई सधै बोकेर हिँडेको भन्दै प्रशंसा गरेका थिए । सहभागीहरूले उनलाई अँगालो हालेर आफ्ना भावना साटेका थिए । बिदाइ कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्की, नायब कार्यकारी निर्देशकद्वय अशोक बास्कोटा र श्रीभद्र वाग्ले, निर्देशकहरू बुद्धि केसी, खगेन्द्र खत्री तथा सञ्चालक समितिका सदस्यद्वय दुर्गा फुँयाल रडा.नवराज लम्साल तथा रेडियो नेपालका सबै कर्मचारीहरूको उपस्थिति थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *