प्रियंका र आयुष्मानको ‘कथा काठमाडौँ’ (भिडियो)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २३ फागुन ।नेपाली चलचित्र ‘कथा काठमाडौँ’ निर्माण हुने भएको छ । काडमाडौँमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उक्त चलचित्र निर्माण गर्ने जानकारी दिइएको हो ।

सचारकर्मी संगीता श्रेष्ठको लेखन तथा निर्देशन रहने चलचित्र कथा काठमाडौँमा प्रिंयका कार्की, आयुष्मान देशराज जोशी, प्रमोद अग्रहरी, संजोग कोइराला, मोडल तथा भिजे सन्ध्या केसी लगायत कलाकारको अभिनय रहने छ । नायिका प्रियंका कार्कीले सो चलचित्रको भूमिका आफूलाई एकदमै मन परेर हस्ताक्षर गरेको जानकारी दिइन् ।

लामो समयसम्म कान्तिपुर मिडिया ग्रुपमा आवद्ध रहेर काम गरेकी संगीता श्रेष्ठको यो चलचित्र डेव्यु चलचित्र हो । आहाना फिल्मसको ब्यानरमा बन्न लागेको उक्त चलचित्रमा विजय राईको निर्माण रहेको छ । चलचित्रलाई लुजा सिहंले खिच्ने छन् ।

हरेक मानिसमा छुट्टाछुट्टै कथा हुन्छ, तिनै फरक मानिसको कथाहरु नै ‘कथा काठमाडौँ’ रहेको निर्देशक श्रेष्ठले बताइँन् । कथा काठमाडौँ तीनवटा कथाको समिश्रण रहेको उनले थपिन् । उक्त चलचित्रको छायाँकन भने यही फागुन २५ गतेबाट सुरु हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *