एमालेको सभास्थलमा आगजनीपछि सप्तरीमा गोली चल्यो, तीनको मृत्यु, एक दर्जन घाइते

  •  
  •  
  •  
  •  
  •  

सप्तरी, २३ फागुन । सप्तरीको राजविराजमा आयोजित एमालेको आमसभास्थल वरीपरी संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले आगो लगाएपछि दर्जनौं हवाइफायर भएको छ ।

राजविराजको औद्योगिक क्षेत्रमा आयोजित एमालेको आमसभा विथोल्न मोर्चाका कार्यकर्ताहरुले आगजनी गरेका हुन् । आगजनीपछि तनावग्रस्त स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जजौं हवाइफायर गरेको हो ।

कार्यक्रमको विरोधमा रहेका मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा मलेठ–२ का संजन मेहेता र दिगम्बर झाको मृत्यु भएको छ । अन्य दर्जन  जना घाइते भएका छन् ।झडपमा घाइते सबैको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

एमालेको मेची–महाकाली राष्ट्रिय अभियानको तेस्रो दिन राजविराजमा आयोजित सभालाई विथोल्न सोमबार बिहानैबाट मोर्चाका कार्यकर्ता सडकमा उत्रिएका थिए । यस्तै सभास्थलमा सोमबार बिहान कुकर बम र सकेट बम फेला परेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *