सप्तरीमा प्रहरीले यसरी चलाएको थियो गोली (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २४ फागुन । सप्तरीमा सोमबार प्रहरी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्तावीच झडप भयो । झडपमा प्रहरीले गोली चलाउँदा तीनजना स्थानीयको मृत्यु हुनुका साथै दुई दर्जन घाइते भएका छन् ।

आठजनाको अवस्था गम्भीर छ । स्थानीय निर्वाचनलाई लक्षित गर्दै एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको नेतृत्वमा जारी मेची–महाकाली अभियानको तेस्रो दिन राजविराजमा सम्बोधन समाप्त भएलगत्तै चुनाव बहिष्कारको तयारीमा रहेको मोर्चा र एमाले कार्यकर्ताबीच भिडन्त भएको थियो ।
मोर्चाका कार्यकर्ताले एमाले र प्रहरी दुवैलाई लक्षित गरी आक्रमण गरेर केहीलाई घाइते बनाएपछि बाध्यतामा प्रहरीले जबाफी कारबाही गर्दा मलेठ २ का २२ वर्षीय सञ्जन मेहताको टाउकोमा गोली लागी घटनास्थलमै मृत्यु भएको थियो । अन्य दुईको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारक्रममा निधन भएको थियो ।

भिडियो-:नबिन चौधरीको फेसबुकबाट

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *