राजविराजमा अनिश्चिकालीन कर्फ्यू अादेश जारी

  •  
  •  
  •  
  •  
  •  

सप्तरी, २४ फागुन । सप्तरीको राजविराजमा अनिश्चितकालीन कर्फ्यु अादेश जारी गरिएको छ । तीन जनाको ज्यान जाने गरी सोमबार भएको घटनाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले सरकारी कार्यालयमा समेत तोडफोड गरेपछि स्थानीय प्रशासनले राजविराजमा अनिश्चितकालीन कर्फ्यू जारी गरेको हो ।

एमालेको मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत सोमबार राजविराजमा भएको आमसभामा प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको थियो । यसपछि मंगलबार दुई नम्बर प्रदेशका सबै जिल्लामा बन्दको आह्वान गर्दै मोर्चा कार्यकर्ता विहानैदेखि प्रदर्शन उत्रिका छन् ।

राजविराजमा रहेका सरकारी कार्यालय तोडफोड तथा घेराउ गरेका उनीहरुले सिरहाको लहानामा रहेको एमाले कार्यालयमा आगजनी समेत गरेका छन् ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *