आफ्नो विवाहका बारेमा यसो भन्छिन् प्रियंका कार्की (भिडियोसहित)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २४ फागुन । पछिल्लो समयको व्यस्त नायिकाको अग्रस्थानमा पर्छिन् प्रियंका कार्की । उनी चलचित्रको साथै विभिन्न देश विदेशका कार्यक्रम र विज्ञापनमा उत्तिकै सक्रिय छिन् । केहि समय अघिमात्र युकेमा ‘ह्याप्पी डेज’को सुटिङ सकाएर नेपाल फर्केकी प्रियंकाले नेपाल आएसँगै चलचित्र बटरफ्याईको समेत छायाँकन सकाइसकेकी छिन् ।

यतिबेला उनको हातमा दुई नयाँ चलचित्र सुटिङको क्रममा रहेको छ भने आधा दर्जन जति चलचित्र आगामी वर्ष प्रदर्शन हुने क्रममा रहेको छ । चलचित्रको जतिकै देश विदेशका विभिन्न कार्यक्रमहरुमा सहभागी हुने प्रियंका आफूलाई कहिले पनि थकित महसुुुस नभएको अनुभव सुनाउँछिन् ।

‘मेरो सपना नै नायिका बन्ने थियो । आज म मेरो सपनामा बाँचिरहेको छु । आफूलाई मन लागेको कुरा गर्दा थाकिँदैन । मलाई अझै पनि रातीको २ बजे सुटिङ सकाएर बिहान ५ बजे अर्को सुटिङका लागि पनि तयार हुन सक्छु । कुनै पनि काम गर्दिन भनेर बस्न मन लाग्दैन’, प्रियंका भन्छिन् ।

व्यस्तताको कारण समय दिन नसक्दा परिवारबाट भने धेरै नै गुनासो आउने गरेको उनले बताइन् । ‘परिवारबाट भने धेरै नै गुनासो गर्नु हुन्छ । कहिले काहीँसँगै बसेर खाना खान त मन लाग्छ तर परिवारबाट गुनासो आउँदा पनि म सफल भएकी जस्तो महसुस हुन्छ’, उनले भनिन्, ‘कुनै कार्यक्रम या चलचित्रको सुटिङको समयमा परिवारको याद आए ममिलाई बोलाउने गर्छु । सुटिङ कै समयमा पनि केही समय उहाँसँग बिताउँछु ।’

हालै ३० वर्षको जन्मदिन मनाएकी प्रियंका आफूलाई उमेरले काम गर्ने कहिले नरोक्ने बताउँछिन् । उनी भन्छिन्, ‘ काम गर्नेलाई उमेरले कहिले छेक्दैन । त्यसमा पनि अझ मलाई कहिले रोक्दैन जस्तो लाग्छ । मेरो दर्शक, शुभचिन्तकबाट पाएको माया र सम्मानले म भर्खर १५–१६ बर्षको जस्तो लाग्छ । मलाई उमेरले कहिले रोकेन र रोक्ने पनि छैन ।’

पाँच वर्ष अघि आफ्नो पनि रोचक मैनालीसंग डिभोर्स दिएसँगै रजतपटमा डेव्यु गरेकी प्रियंकाका पूर्वपतिले केहि समय अघि विवाह गरिसकेका छन् । यसै सन्दर्भमा विषयमा बिहे कहिले गर्नु हुन्छ भन्ने मिडिया एनपीको जिज्ञासामा प्रियंका भन्छिन् ‘बिहे गर्दिन त म भन्दिन । समय आएसी गर्छु नै । तर मेरो कामलाई सम्मान गर्ने र मलाई साथ दिनेसँग गर्नेछु । अहिले केटा खोज्नलाई चलचित्रमा नै व्यस्त छु । तर त्यो दिन आउँछ होला चाडै नै । म सधैँ मिडियासँग खुलेर कुरा गरेको हुन्छु, बिहेको कुरामा पनि चाडैँ नै भन्ने छु ।’

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *