सप्तरीमा एमालेका शीर्ष नेताहरुको सामूहिक हत्या प्रयास ! (भिडियोसहित)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २४ फागुन । सप्तरीमा सोमबार भएको घटनामा एमालेका शीर्ष नेताहरुको सामूहिक हत्या प्रयास भएको सो पार्टीका नेताहरुले दाबी गरेका छन् ।

एमालेको मेची–महाकाली राष्ट्रिय अभियानको तेस्रो दिन सोमबार सप्तरीको राजविराजमा भएको आमसभामा प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको थियो भने एक दर्जन घाइते भएका थिए ।

उक्त घटनापछि अभियान स्थगित गरेर काठमाडौं आइपुगेका एमालेका शीर्ष नेताहरुले सोमबार राजविराजमा आफूहरुको सामूहिक हत्या प्रयास भएको दाबी गरेका हुन् ।

काठमाडौंको धुम्बाराहीस्थित पार्टी कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरेर एमालेका शीर्षनेताहरुले सोमबार राजविराजमा आफूहरुको सामूहिक हत्या प्रयास भएको जानकारी दिएका हुन् ।

पूर्व गृहमन्त्री तथा एमालेका उपाध्यक्ष भीम रावलले सोमबार राजविराजमा आफूहरुको सामूहिक हत्या प्रयास भएको दाबी गरेका हुन् । राजविराजमा भएको उक्त सभामा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललगायतका शीर्ष नेताहरु सहभागी थिए ।

साथै एमालेका नेताहरुले पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार राजविराजको औद्योगिक क्षेत्रमा भएको आमसभा सकिएर राजमार्गतर्फ जाने बेला घेरा हालेर एमाले नेतृत्वको सामूहिक हत्याको प्रयास भएको हो ।

एमालेले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिको भूमिकाप्रति प्रश्न उठाएका छन् । एमाले महासचिव ईश्वर पोखरेलको हस्ताक्षर रहेको जारी विज्ञप्तिमा आफ्नो मेची–महाकाली अभियानप्रति गृहमन्त्री निधिले बेला–बेला दिने गरेको अभिव्यक्ति र सोमबारको भूमिकाले उनीप्रति शंका उब्जाएको र यो घटनामा मन्त्री निधिले नैतिक उन्मुक्ति पाउन नसक्ने उल्लेख गरिएको छ ।

राजविराज घटनाको मेधसी मोर्चाले जिम्मेवारी लिनु पर्ने बताएको एमालेले राजविराज घटनाको निश्पक्ष छानबिन गर्न मानवअधिकार आयोगसमक्ष माग गरेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

One thought on “सप्तरीमा एमालेका शीर्ष नेताहरुको सामूहिक हत्या प्रयास ! (भिडियोसहित)

  1. Bhim Rawal is one of the most racist and liar so called leader of current Nepal. How he can proof that there was a nearly mass murder incident/plan from the protesters. Official and media report say there were about 1000 protesters without weapons. However, there were about 5000 Police and Armed Police and about 7000 UML campaigners.

Leave a Reply

Your email address will not be published. Required fields are marked *