भारतले नेपालको सार्वभौमसत्तामा थप्पड हानेको भन्दै नायिका केकी अधिकारी आक्रोशित

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ फागुन । नायिका केकी अधिकारले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आक्रोश पोखेकी छन् ।बिहीबार कञ्चनपुरमा भारतीय सुरक्षाबल एसएसबीका जवानले नेपाल प्रवेश गरी नेपाली नागरिक गोविन्द गौतमलाई गोली प्रहारी गरी हत्या गरेका थिए । सो विषयमा सरकारले गम्भीर पहल नगरेको र कुनै धारणा सार्वजनिक गर्न नसकेको आरोप लगाउँदै नायिका अधिकारीले रोष प्रकट गरेकी हुन् ।

उनले गोविन्द गौतमको हत्यालाई सीमामा नेपाली मारिएको नभएर देशको सार्वभौमसत्तामा थप्पड हानेको उल्लेख गरेकी छन् । शुक्रबार बिहान उनले लेखेको ट्विटमा भनिएको छ, ‘सीमामा एक नेपाली मात्र मारिएको हैन, पूरा नेपालको सार्वभौमतामा थप्पड हानिएको हो । यो भन्दा ठुलो चोट अरु नहोला !!’ यस्तो हुँदा पनि सरकारले केही गर्न नसकेको भन्दै उनले प्रचण्ड नेतृत्वको सरकारलाई ‘धिक्कार सरकार’ भनेर टिप्पणी गरेकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *