भारतीय सुरक्षाकर्मीद्वारा १७ राउन्ड हवाइफायर, नेपाली महिलालाई नाङ्गै बनाएर फर्काए

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १९ फागुन । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले शुक्रबार अपरान्ह नेपालीमाथि हवाइफायर गरेको छ । बिहीबार नेपाली भूमि कञ्चनपुरको पुनर्वासमा प्रवेश गरेर एसएसबीले प्रहार गरेको गोली प्रहारबाट नेपाली नागरिक गोविन्द गौतमको मृत्यु भएको भोलिपल्टै शुक्रबार फेरि नेपालीमाथि गोली प्रहार भएको हो ।

स्थानीय पत्रकार शीतल भट्टकाअनुसार शुक्रबार अपरान्ह एसएसबीले नेपालीमाथि १७ राउन्ड गोली प्रहार गरेको छ । शुक्रबार बिहान घाँस काट्न भारतीय भूमि पुगेकी एक महिलालाई एसएसबीले नाङ्गै पारेर नेपाल फर्काएको उनले जानकारी दिए ।

महिलालाई नाङ्गै बनाउने र नेपालीमाथि आक्रमण नरोकिएपछि स्थानीयबासी आक्रोशित भएका छन् । नेपाली सुरक्षाकर्मी मूकदर्शक बनेको स्थानीयको आरोप छ ।

सीमानाकालाई शान्त पार्न दुवै पक्षका अधिकारीहरु वार्तामा रहेका भनिएका बेला एसएसबीले फेरि पनि नेपालीमाथि आक्रमण गरेपछि स्थिति झनै तनावपूर्ण बनेको पत्रकार भट्टले मिडिया एनपीलाई जानकारी दिए ।

तस्बिर -:शीतल भट्ट

यो पनि पढ्नुहोस् : भारतीय दूतावास घेराउ गर्न पुगेका युवामाथि लाठी चार्ज, भारतीय झण्डा जलाइयो

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *