जेठ १२ गते ‘हिटलर’ आउने (भिडियो)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ३० फागुन । नेपाली चलचित्र ‘हिटलर’ आउँदो वर्षको जेठ १२ गते प्रदर्शनमा आउने भएको छ । काठमाडौँमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी चलचित्रको फस्टलुक सहित प्रदर्शन मिति घोषणा गरिएको हो ।

प्रेमकथाको साथमा कमेडी जनरामा बनेको सो चलचित्रलाई सौरभ ढकालले निर्देशन गरेका हुन् ।अष्टनारायण पिक्चर्सको प्रस्तुतीमा तयार भएको यो चलचित्रको निर्माणमा अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे इनकर्पोरेटेडको सहकार्य रहेको छ ।

चलचित्रमा सोहित मानन्धर, सामिया बर्तौला, मेनुका प्रधान, दिवस धिताल, ए गुरुङलगायत कलाकारको अभिनय रहेको छ । चलचित्रमा लोचन घिमिरेको संगीत, सूर्य थोकर लामाको एक्सन, अरुणराज पौडेलको छायाँकन, कृष्ण के अच्छामीको कोरियोग्राफी रहेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *