दीपकराज गिरीको प्रश्न, चिडियाखानामा गगन र जनादर्न के गर्दैछन् ?

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १ चैत । नेपाली कांग्रेसले गगन थापालाई मन्त्रीबाट फिर्ता बोलाउँदै भन्ने हल्लासँगै कलाकार दीपकराज गिरीले आफ्नो असन्तुष्टि सार्वजनिक गरेका छन् । उनले यसलाई एकदम सही निर्णय (?) भन्दै व्यंग्य गरेका छन् ।वर्तमान सरकारलाई चिडियाखानाको विशेषण दिएका दीपकराजले राम्रो काम गर्ने गगन थापा र जनार्दन शर्मा जस्ता एक–दुईजना मन्त्रीलाई हटाउनै पर्ने भाको छ भन्दै किन राखिएको होला भनी चर्को असन्तुष्टि व्यक्त गरेका छन् ।

‘गगन थापालाई कांग्रेसले मन्त्रीबाट फिर्ता बोलाउँदै छ रे । एकदम सही निर्णय हो । यो सरकारबाट गगन थापा, जनार्दन शर्मा जस्ता एक दुईजना मन्त्रीलाई हटाउनै पर्ने भा छ । म सोचिराथें चिडियाखानामा यी दुई मान्छेलाइ किन राखिएको होला ?’ दीपकराजले मंगलबार बिहान राखेको फेसबुक स्टाटसमा गगन र जनार्दन जस्ता व्यक्तित्व चिडियाखानामा बस्न लायक होइनन् भन्ने अथ्र्याउँछ ।

उनले हिजो चरम अँध्यारोमा रहेको सहर एउटा कुलमान र जनार्दन आउनेबित्तिकै किन उज्यालो भयो ? भन्दै राम्रा व्यक्तिहरूलाई सही ठाउँमा नियुक्ति दिनुपर्ने विचार व्यक्त गरेका छन् । आफूले १५ वर्ष अगाडि नै राजनीतिक दलको चश्मा उतारेर फ्याँकेको जानकारी दिँदै जसले राम्रो काम गर्छ, उसकै सहयोग लिनुपर्ने उनको भनँइ छ ।

‘प्रहरी प्रशासन त्यही हो, तर त्यहाँ सर्वेन्द्र खनाल, रमेश खरेल जस्ता प्रहरी किन जनप्रिय भए ? खराब सिस्टममा रहेका योग्य व्यक्ति भनेको हिलोमा फूलेको कमल हो । केही गर्न नसके पनि पोखरीलाई सुन्दर बनाउन प्रयत्न गर्छ त्यसले,’ दीपकराजले लेखेका छन् ।संविधान संशोधन गर्न फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई सरकारमा सामेल गर्ने चर्चासँगै कांग्रेसले स्वास्थ्यमन्त्री गगन थापालाई फिर्ता बोलाउँदै छ भन्ने समाचार सार्वजनिक हुन थालेको छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *