दर्शक चाहन्छन ‘नयाँ गीत’ !

  •  
  •  
  •  
  •  
  •  
Picture Courtesy – Prashant’s facebook

मिडिया एनपी सिड्नी , ‘प्रशान्त तामाङ’ यो नामको वजन कुनै बेला यति थियो कि शब्दमा बयान गर्न गाह्रो हुन्थ्यो । सन् २००७ मा सम्पन्न इन्डियन आइडलको तेस्रो संस्करणको विजेता बनेका प्रशान्तको चर्चा नेपालमा धेरै नै भयो किनकी उनको जितमा नेपालीको मतले महत्वपूर्ण भूमिका खेलेको थियो । इन्डियन आइडल बनेसंगै पहिलो पटक सानो गौचरणमा आयोजित कन्सर्टमा सहभागी हुन् नेपाल आउदा उनको स्टारडम प्रस्टिएको थियो ।

उनलाई हेर्न मात्र भएपनि हजारौ युवा तछाडमछाड गरिरहेका थिए । तर गायनसंगै अभिनयमा समेत आएका प्रशान्तको लोकप्रियता बिस्तारै ओरालो लाग्यो भन्दा फरक नपर्ला । किनकी उनि अभिनित सफल फिल्म गोर्खा पल्टन र परदेशीको सफलताको क्रेडिट उनलाई नभई गीतसंगीतलाइ गयो । यो समयको दोष हो कि उनले आफुलाई दर्शकको चाहना अनुसार अगाडी ल्याउन सकेनन यो त उनैले जानुन । तर उनि पछिल्लो समय फिल्म भन्दा पनि संगीतमै आफुलाई अगाडी बढाई रहेका देखिन्छन ।

होलीको अवसर पारेर अस्ट्रेलियाको विभिन्न सहरमा आयोजित कन्सर्टमा सहभागी हुन् आइपुगेका प्रशान्तले दर्शक सामु आफ्नो प्रस्तुति त दिरहेका छन् तर उनिसंग सुनाउन नया गीत छैन । पहिलो एल्बम धन्यवाद तथा आफु अभिनित फिल्मका गीतहरु लिएर कन्सर्टमा सहभागी हुने गरेका प्रशान्तसंग नया गीत नहुनु नौलो कुरा पनि होइन किनकी पछिल्लो समय संगीतको लगनी वान वे नै हुने गरेको छ । खर्च हुन्छ तर फिर्ता ? यस प्रश्नले संगीतमा लाग्नेलाई बिझाइ पनि रहन्छ ।

गत आइतवार आयोजित कार्यक्रममा सहभागी हुन् र होलि मनाउन प्रशान्त रकडेल स्थित बाइसेन्टिनियल पार्कमा आए र आफ्नो प्रस्तुति दिए । उनि मात्र हैन उनिसंगै संजिव सिंह , एक्सिस ब्याण्ड पनि सहभागी थिए , जहाँ उनिहरुको प्रस्तुतिमा दर्शकले साथ् पनि नदिएका हैनन् तर पनि कहिँ कतै ‘खै त नया गीत ?’ भन्ने प्रश्न भन्ने उठिनै रहेको थियो ।

फेस्टिभ मुडमा रहेका नेपालीले रमाइलो गरिरहेका थिए नै साथै नया गीत सुन्न पाइन्छ कि भन्ने आशमा पनि रहेछन । तर प्रशान्तसंगै कन्सर्टमा सहभागी संजिव र एक्सिस ब्याण्डले पनि आफ्नो पपुलर पुराना गीतहरु नै सुनाए । अब कन्सर्टकै लागि भएता पनि नया गीत पनि तयार पार्ने हो कि ?

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *