मधेसी मोर्चाले सरकारलाई दिएको अल्टिमेटम आज सकिँदै, आन्दोलन घोषणा गर्ने

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १ चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको एक हप्ते ‘अल्टिमेटम’ आज सकिँदैछ । मोर्चाले दिएको समयभित्र सरकारले ठोस रूपमा वार्ता गर्न सकेन । अनौपचारिक रूपमा छलफल भने भएका छन् ।

यही समयभित्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार विस्तार गर्दै राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री बनाएका छन् । कमल थापाको सत्तारोहणसँगै मोर्चा संविधान संशोधन हुनेमा थोरै आशावादी देखिएको छ । तर, कमल थापाले परिमार्जनविना संशोधन प्रस्ताव पेस भए सरकारबाट बाहिरिने चेतावनी दिएसँगै मोर्चा अलमलमा परेको छ ।

तर, कांग्रेस–माओवादी केन्द्र फोरम लोकतान्त्रिकलाई सरकारमा सामेल गराउने प्रयासमा छन् । हाल मन्त्रालयबारे छलफल चलिरहेकाले विजयकुमार गच्छदारको सत्तारोहण ढिलाइ हुँदै गइरहेको छ ।

आन्दोलन घोषणा गर्ने तयारीम मधेसी मोर्चा
मधेसी मोर्चाको सचिवालय बैठक बस्दैछ । अल्टिमेटम सकिएपछि के गर्ने भन्ने विषयमा सचिवालय बैठकमा छलफल हुने सद्भावना पार्टीका महासचिव मनिष सुमनले जानकारी दिए ।

‘अस्तिको ज्ञापनपत्रमै उल्लेख छ । आन्दोलनमा जाने र सरकारबाट समर्थन फिर्ता लिने । अहिले सचिवालयको बैठक हो, सामान्य तयारी गर्छौ । भोलि शीर्ष नेताको बैठक छ । त्यो बैठकले आन्दोलनको रूपरेखा र कार्यक्रम घोषण गर्छ,’ सुमनले भने ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *