२६ वर्षदेखि फरार रहेका अभियुक्त तामाङ पक्राउ

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १ चैत । जीउ मास्ने बेच्ने कार्यमा संलग्न भएको आरोपमा जेल सजाय सुनाइएका फरार अभियुक्त नुवाकोट घ्याङफेदी–६ का ४९ बर्षीय फुर्पा तामाङ पक्राउ परेका छन् । जिल्ला अदालत नुवाकोटले २०६३ भदौ १३ गते तामाङलाई ७ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो ।

नुवाकोट घ्याङफेदी– ६ बस्ने १३ र १४ बर्षकी दुईजना बालिकालाई तामाङ समेत तीन पुस्ता भित्रको दाजु नाता पर्ने ४ जना ब्यक्तिहरु मिलि ललाई फकाई २०४७ जेठ १४ गते राती नुवाकोट घ्याङफेदीबाट काठमाडौं पुर्याई विभिन्न प्रलोभनमा पारी भारत बम्बैमा लगि बिक्री गर्ने मनसायले कालिमाटीबाट वीरगंजतर्फ लैजाने क्रममा प्रहरी टोलीले पीडितहरुलाई उद्धार गर्नुका साथै ४ जना प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाएको थियो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट सर्जमिनको लागि घ्याङफेदी–६ पुगी फर्कने क्रममा २०४७ असार ८ गते नुवाकोट खरानीटारबाट प्रहरीको आँखा छली चारैजना प्रतिवादीहरु हत्कडी सहित भाग्न सफल भएका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

२६ बर्ष देखि लुकिछिपी काठमाडौंको बौद्ध क्षेत्रमा बसेर ठेक्कापट्टाको कार्य गर्दै आइरहेका लामालाई प्रहरीले पक्राउ गरी कैद भुक्तानका लागि जेल चलान गरिएको छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *