तिमीसँग’ पछि ‘ब्ल्याक’ गर्दैछन् आकाश

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १ चैत । बाबु छोराको पुस्ताबीच असमझदारी र दुई पुस्ताबीचको अन्तरको कथालाई उठाएर फिल्म ‘ब्ल्याक’ बन्ने भएको छ । हालै कमलादीस्थित गणेश मन्दिरमा परेवा उडाएर सो चलचित्रको औपचारिक घोषणा गरिएको हो ।

आश्मा फिल्मस्को प्रस्तुति रहने सो फिल्मलाई प्रदीप श्रेष्ठले निर्देशन गर्न लागेका हुन् । फिल्ममा आकाश श्रेष्ठ र रेनुका सिंह ठकुरीको मुख्य भूमिका रहनेछ । आकाशले यसअघि ‘म त तिम्रै हुँ’ र ‘तिमीसँग’मा अभिनय गरिसकेका छन् भने रेनुकाले यही फिल्मबाट डेब्यु गर्न लागेकी हुन् । फिल्ममा अघिल्लोे पुस्ताका कलाकारको पनि उपस्थिति रहने जानकारी दिइयो । फिल्ममा सुन्दर श्रेष्ठ, आश्मा पाण्डे, आयुष रिजाल, धिरेन शाक्य, सुशील क्षेत्री, प्रिया रिजालको अभिनय रहनेछ ।

आश्मा पाण्डे निर्माता रहेको फिल्ममा मौनता श्रेष्ठको लेखन, रामशरण उप्रेतीको छायाँकन, महेश खड्का र प्रदीप पौडेलको संगीत रहेको छ । बसन्त अधिकारी मुख्य सहायक निर्देशक रहेको फिल्ममा नृत्य निर्देशन रामजी लामिछानेको रहेको छ । करण सिंह निर्माण नियन्त्रकको रुपमा रहेका छन् ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *