“एमालेको मेची–महाकाली अभियानले मोर्चाका नेताहरुलाई हार्टअट्याक”

  •  
  •  
  •  
  •  
  •  

बाँके, १ चैत । प्रमुख विपक्षी दल नेकपा एमालेका शीर्षनेताहरुले नागरिकहरुलाई लडाउने कार्यमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालगायत दलका नेताहरु सक्रिय भएका आरोप लगाएका छन् ।

पार्टीको मेची–महाकाली अभियान अन्तर्गत मंगलबार बाँकेको नेपालगञ्जमा आयोजित सभालाई सम्बोधन गर्दै उनीहरुले आफूहरुले दुई महिना अगाडि नै तय गरेको अभियानलाई विथोल्न खोज्ने र विभिन्न बहानामा जनतालाई लडाउन मोर्चाका नेताहरु उद्दत रहेका आरोप लगाएका हुन् ।

मोर्चा क्षेत्रीयता र जातजातिका नाममा विष फैलाउने काममा उद्दत रहेको भन्दै उनीहरुले संविधान कार्यान्वयनमा अवरोध सृजना गरेको पनि आरोप लगाए ।

सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिका नाममा मोर्चाले अपराधिक घटना गराइरहेको जिकीर गरे । मोर्चाका नेताहरु मधेसको समस्या समाधान हुन नदिन दाउमा रहेको ओलीको भनाइ छ ।

यस्तै वरिष्ठ नेता माधवकुमार नेपालले एमालेको सभामा उर्लिएको जनसागर देखेर मोर्चाका नेतासहित विरोधीहरुलाई हार्टअट्याक हुन सक्ने भएकाले त्यसो नहोस भनेर कामना गरेको बताए । मधेसी मोर्चाले मुलुक विखण्डन गराउन र मधेसी र पहाडीबीच विभाजन ल्याउन खोजेको आरोप नेता नेपालको छ ।

यस्तै एमाले उपाध्यक्ष वामदेव गौतमले हालै भारतीय सीमासुरक्षा बलको गोली प्रहारबाट कञ्चनपुर पुनर्वासका गोविन्द गौतमको मृत्यु भएको विषयमा भारतले माफी माग्नु पर्ने बताए । भारतले नेपाललाई एक करोड भारु क्षतिपूर्ति दिनु पर्ने उनको माग छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *