दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

  •  
  •  
  •  
  •  
  •  

भक्तपुर, १ चैत्र । मध्यपुरथिमी नगरपालिका–९ बाग्मती पेट्रोलपम्प नजिकै सडक दुर्घटनामा आज मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बा. ७३ प. ५३३७ नम्बरकोे मोटरसाईकल चालक सर्लाही घरभई अनन्तलिङ्गेश्वर नगरपालिका–१२ दधिकोट बस्ने २५ वर्षीय साजन भुजेल रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी पैदलयात्री मध्यपुरथिमी नगरपालिका–३ की न्हुच्छेमाया भौवन्जराको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

पैदलयात्रीलाई ठक्कर दिएर अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटसाइलक चालक भुजेलको उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो । रासस

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *