तमोर नदी सीमा क्षेत्रका बस्तीमा खानेपानीको समस्या

  •  
  •  
  •  
  •  
  •  

तेह्रथुम, २ चैत । तमोर नदीसँग सीमा जोडिएका तेह्रथुमका एक दर्जन बढी गाविसमा खानेपानीको चरम समस्या हुँदै आएकोे छ ।

जिल्लाको आठराई क्षेत्रका ईवा, ह्वाकु, छातेढुङ्गा, चुहानडाँडा, सक्रान्ति, थोक्लुङ र छ थर क्षेत्रका हमरजुङ, ओख्रे, सुदाप, फाक्चामारा र पञ्चकन्यालगायत गाविसका तल्लो क्षेत्रका बासिन्दाले खानेपानीको चरम समस्या बेहोर्दै आएका छन् ।

गाउँमा रहेका पानीका मुहान, धारा कुवा र खोली खोल्सी सुक्दै गएपछि यी गाविसमा बर्सेनि खानेपानी समस्या बढिरहेको छ । कतिपय गाविसका बस्तीमा खानेपानी बोक्दैमा दिन बित्ने गरेको पञ्चकन्याकी यशोदा दाहालले बताए । खानेपानी अभाव भएकै कारण यी गाविसबाट बर्सेनि बसाइँ सरेर जानेको सङ्ख्या समेत बढ्न थालेको छ । रासस

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *