पूर्व उपप्रधानमन्त्री अधिकारी उपचार गर्न बैंकक प्रस्थान

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, २ चैत । नेकपा एमालेका नेता भरतमोहन अधिकारी स्वास्थ्य उपचारका लागि बुधबार थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् । आन्द्रामा समस्या देखिएपछि उपचारका लागि बैंकक लगिएको अधिकारीका स्वकीय सचिव महेश विष्टले जानकारी गराए ।

चिकित्सकको सल्लाहअनुसार पूर्व उपप्रधानमन्त्री अधिकारी बुधबार बिहान ११ः३० बजे थाई एअरवेजमार्फत उपचारका लागि बैंकक प्रस्थान गरेका हुन् ।

पूर्वअर्थमन्त्रीसमेत रहेका उनको बैंककस्थित भेजथानी अस्पतालमा उपचार गरिने विष्टले बताए । अधिकारीलाई आन्द्रामा समस्या भएर दिसा र पिसाब रोकिएपछि गत पुस महिनामा बल्खुस्थित बयोधा अस्पतालमा उपचार गरिएको थियो । “उपचारपछि घरमा आराम गर्नुभएको थियो”, उनले भने–“तर फेरि पनि समस्या देखिन थालेपछि उपचारका लागि बैंकक लगिएको हो ।”

अधिकारीका साथमा धर्मपत्नी ओमकुमारी अधिकारी, छोरी नीमा अधिकारी र छोरीज्वाइँ सुदीप आचार्य गएका छन्। बैंककमा अधिकारीको आन्द्राको उपचार गर्नाका साथै हर्नियाको शल्यक्रिया गरिने स्वकीय सचिव विष्टले जानकारी गराए । असी वर्षीय अधिकारी सांसदसमेत रहेका छन् । रासस

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *