पूर्वविद्यार्थीद्वारा छात्रवृत्ति कोष स्थापना

  •  
  •  
  •  
  •  
  •  

म्याग्दी, ३ चैत । महेन्द्ररत्न मावि बरञ्जाबाट मावि तह उत्तीर्ण गरेका विद्यार्थीले रु चार लाखको छात्रवृत्ति कोष स्थापना गरेका छन् ।

महेन्द्ररत्न उच्च मावि पूर्वविद्यार्थी सङ्घका अध्यक्ष लोकेश पुन मगरले गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले छात्रवृत्ति कोष स्थापना गरिएको जानकारी दिए । पुनका अनुसार कोषलाई बढाएर १० लाख पुर्‍याउने लक्ष्य रहेको छ ।

कोषमा जम्मा भएको रकमको ब्याजबाट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । यसरी छात्रवृत्ति पाउनेमा कक्षा ६ देखि कक्षा १२ सम्मका गरिब, दलित, जेहेन्दार र जनजाति विद्यार्थी रहने पूर्वविद्यार्थी सङ्घका अध्यक्ष पुनले जानकारी दिए ।

छात्रवृत्ति सिफारिसका लागि पाँच सदस्यीय उपसमिति गठन गर्ने पनि साधारणसभाले निर्णय गरेको जनाइएको छ । पुन मगरले आफ्नी स्वर्गीय बहिनी ओमकुमारी पुन (शान्ति)को सम्झनामा रु एक लाखको अक्षयकोषसमेत स्थापना गरिर्दिएका छन् ।

यस विद्यालयबाट एक हजार पाँचसयभन्दा बढी विद्यार्थीले एसएलसी र दुईसयभन्दा बढीले दश जोड दुई उत्तीर्ण गरिसकेका विद्यालय प्रशासनले जनाएको छ । रासस

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *