च्याम्पियन्स लिगको क्वाटरफाइनल समिकरण पुरा, क्वाटरफाइनल ‘ड्र’ शुक्रबार

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ३ चैत । च्याम्पियन्स लिगको क्वाटरफाइनल समिकरण पूरा भएको छ । मोनाको र एथ्लेटिकोसँगै रियल मड्रिड, बार्सिलोना, लेस्टर सिटी, बार्यन म्युनिख, युभेन्टस र बोरुसिया डर्टमुण्ड अन्तिम ८ मा पुगेका छन् ।

इंग्ल्याण्ड, इटाली र फ्रान्सका एक एक तथा जर्मनीका दुई तथा स्पेनका तीन क्लब अन्तिम ८ मा पुगेका छन् । एथ्लेटिको मड्रिडले बार्यन लेभरकुशन समग्र ४–२ ले पराजित गर्दै लिगको अन्तिम आठमा पुुगेको हो ।

यस्तै मोनाको म्यानचेस्टर सिटी माथि समग्रमा ६–६ को बाराबरी भएपनि अबे गोलका आधारमा अन्तिम आठमा स्थान बनाउन सफल भएको छ ।

युभेन्टसले पोर्टोलाई समग्रमा ३–०, लेस्टर सिटीले सेभिल्लालाई समग्रमा ३–२ हराउँदै अन्तिम आठमा स्थान बनाउन सफल भए ।

त्यसैगरी बार्सिलोनाले पेरिस सेन्ट जर्मेनलाई समग्रमा ६–५, बोरुसिया डर्टमुण्डले बेन्फिकालाई समग्रमा ४–१, बार्यन म्युनिखले आर्सनललाई समग्रमा १०–२ र रियल मड्रिडले नापोलीलाई समग्रमा ६–२ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएका हुन् । क्वाटरफाइनलको ड्र शुक्रबार हुनेछ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *