आजदेखि देशभर एसइई परीक्षा सुरु, पाँच लाख ३८ हजार सहभागी (फोटोफिचर)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ३ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि सुरु भएको छ । परीक्षाको पहिलो दिन बिहीबार अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको छ ।

परीक्षामा कुल ५ लाख ३८ हजार १ सय ८२ परीक्षार्थी सहभागी छन् । जसमध्ये नियमिततर्फ २ लाख ३५ हजार ३ सय २ छात्रा र २ लाख ३३ हजार ९८ छात्र छन् ।

परीक्षाका निम्ति देशभरि १ हजार ९ सय २३ केन्द्र, सोही संख्यामा केन्द्राध्यक्ष, २ हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार ४ सय ६१ निरीक्षक, सहयोगी र सुरक्षाकर्मीसहित ६७ हजार ५ सय ९१ जनशक्ति खटाइएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा अनुगमनका निम्ति मन्त्रालयले सहसचिवको नेतृत्वमा १८ वटा अनुगमन टोली खटाएको छ । क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्लामा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समन्वय समितिको अनुगमन टोली खटिएको जनाइएको छ । अघिल्ला वर्षहरुमा भएका एसएसली परीक्षाकाे जस्ताे एसइईमा परीक्षार्थी, शिक्षक तथा अभिभावकहरुकाे उल्लाहस देखिएन । तस्विर : मुकुन्द कालिकोटे

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *