काठमाडौंमा नेपाल र अरुणाञ्चल प्रदेशको विविध सांस्कृतिक कार्यक्रम हुँदै

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । काठमाडौंमा शुक्रबार र शनिबार नेपाल र अरुणाञ्चल प्रदेश भारतका विविध सँस्कृतिक कार्यक्रम दर्शकहरुले हेर्न पाउने भएका छन् । नेपाल–भारत मानव विकास एवं मैत्री संघ, काठमाडौ र भारत–नेपाल मानव विकास एवं मैत्री संघ, अरुणाञ्चल प्रदेश भारतको संयुक्त आयोजनामा ‘नेपाल र अरुणाञ्चल प्रदेश, भारतको सांस्कृतिक कार्यक्रम’ काठमाडौंमा आयोजना हुन लागेको हो ।

नेपाल भारत मानव विकास एवं मैत्री संघ काठमाडौ, सांस्कृतिक विभागका संयोजक संजयबाबु ढकालका अनुसार काठमाडौंको भृकुटीमण्डप स्थित बगैंचामा शुक्रबार दिउँसो १ बजेबाट दुई देशको सँयुक्त सांस्कृतिक कार्यक्रम सुरु हुनेछ । सो कार्यक्रममा अरुणाञ्चल प्रदेशका कलाकारहरुले सो प्रदेशका कलाकारले ८ ओटा विभिन्न नृत्यहरु प्रस्तुत गर्नेछन् ।

सो कार्यक्रमका लागि भारत नेपाल मानव विकास मैत्री संघ, अरुणाञ्चल प्रदेश भारतका अध्यक्ष खान्डु थुँगनको नेतृत्वमा ५७ जना कलाकारको टोली बुधबार साँझ नै काठमाडौं आईसकेको छ ।

यस्तै सो कार्यक्रममा नेपालका तर्फबाट सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले हुड्केली र थारु नृत्य, भारतीय संस्कृतिक केन्द्र, भारतीय दुतावास, काठमाडौंले दुई ओटा नेपाली नृत्य र काठमाडौंबाट स्थानीय नेवार समुदायले एक नेवारी नृत्य प्रस्तुत गर्ने पनि संयोजक ढकालले बताए ।

शुक्रबार एक बजेबाट साँढे तीन बजेसम्म भृकुटी मण्डपमा आयोजना हुने यो कार्यक्रम शनिबार पनि दिउँसो १ बजेबाट साँढे तीन बजेसम्म काठमाडौंकै रत्नपार्क स्थित शान्ति बाटिकामा प्रस्तुत गरिने छ । कार्यक्रम संयोजक ढकालका अनुसार दुई ओटै कार्यक्रममा दर्शकका लागि निःशुल्क प्रवेशको व्यबस्था गरिएको छ ।

नेपाल भारतको सांस्कृतिक आदन–प्रदानसँगै आपसी सम्बन्धलाई अझ सुमधुत तुल्याउँदै दुई देशका जनताबीच जनताको तहबाटै सम्बन्ध बढाउन यो सँयुक्त सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको पनि कार्यक्रम संयोजक संजयबाबु ढकालले जानकारी गराए ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *