निर्वाचनमा निजी क्षेत्रले सहयोग गर्ने विश्वास छ : प्रधानमन्त्री

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानिय तहको निर्वाचन सफल बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । विहिबारबाट शुरु भएको नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले निर्वाचन सफल बनाउन निजी क्षेत्रले सहयोग गर्ने सरकारको अपेक्षा रहेको बताएका हुन् ।

मुलुक अहिले संविधान कार्यान्वयन र आर्थिक सम्वृद्धिको दिशामा अगाडी बढिरहेको बताउँदै उनले सिंहदरवारमा निहित अधिकार र स्रोत साधनलाई गाँउ गाँउसम्म पुर्‍याउने गरी नयाँ संरचना अनुरुप स्थानीय तहलाई अधिकार सम्पन्न तुल्याइएको बताए ।

गाँउ गाँउमा अधिकार पुगेपछि स्थानीय स्तरमा आर्थिक क्रियाकलापमा बढोत्तरी हुने सरकारले अपेक्षा लिएको उनको भनाई थियो । स्थानीय सरकारलाई सशक्त बनाउन सरकारले स्थानीय निर्वाचनको घोषणा गरिसकेको उनले बताए ।

मेलाले आयोजक र सहभागी राष्ट्रहरु बीचको आर्थिक व्यावसायिक सम्बन्धलाई प्रगाढ बनाउनुका साथै व्यापारिक साझेदारीका सम्भाव्यता खोजी गर्न समेत मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे ।

दाहालले मेलाले नयाँ बस्तु उत्पादन विस्तार, रोजगारी सृजना, मुलुकको निर्यात वृद्धि र नेपाली उत्पादनको अन्तराष्ट्रिय बजार प्रवद्र्वनमा समेत मद्दत पुग्ने आशा व्यक्त गरेका छन् ।

सरकार आर्थिक विकासका लागि सचेत रहेको भन्दै उनले आर्थिक विकासका लागि आवश्यक ऐन कानूनहरुलाई सरकारले पारित गर्ने काम निरन्तर रुपमा अगाडी बढाएको बताए ।

महासंघ लगायत निजी क्षेत्रको सल्लाह सुझाव समेतलाई मनन गरी देशमा लगानी मैत्री वातावरण तयार गर्ने उदेश्यले नै सरकारले ती ऐन कानूनहरु ल्याएको उनको भनाई थियो ।

निजी लगानी प्रवद्र्वन गरी मुलुकको आर्थिक सम्वृद्धि ल्याउन थप कानून ल्याउने गृहकार्य भइरहेको उनले बताए । निजी क्षेत्रलाई आर्थिक विकासमा निरन्तर अगाडी बढ्न आग्रह गर्दै उनले त्यसमा सरकारको सहयोग रहने बताए ।

राजनीतिक स्थायित्व होला अनि आर्थिक विकासलाई अगाडी बढाउला भनेर हामी कुरेर बस्ने अवस्था नरहेको भन्दै उनले प्रतिकूलताभित्र अनूकूलता पत्ता लगाउँदै अगाडी बढ्नुको विकल्प नभएको बताए । मेलाको आयोजना सरकारको सहायोगमा नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गरेको हो ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *