सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र मोर्चाले संसद्‍मा बुझायो

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ३ चैत । संयुक्त लोकतान्त्रिक मधेशी मोचामा आवद्ध दलहरुले वर्तनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद् सचिवालयमा बुझाएका छन् ।

यसअघि बुधबारै फिर्ता लिएको घोषणा गरेका तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा), सद्भावना, रामसपा र फोरम गणतान्त्रिकका नेताहरुले औपचारिक रुपमै सरकारलाई दिएको समर्थन फिर्ता लिएको लिखित पत्र संसद सचिवालयमा बुझाएका हुन् । संघीय समाजवादी फोरम नेपालले भने बुधबार नै समर्थन फिर्ताको पत्र सभामुख ओनसरी घर्तीलाई बुझाएको थियो ।

संविधान संशोधन विधेयक पारित गर्नुपर्ने, घोषित निर्वाचन तत्कालका लागि रोक्नुपर्नेलगायतका माग राख्दै दिएको सात दिने अल्टिमेटम गुज्रिएपछि मोर्चाले समर्थन फिर्ता लिएको हो ।

मोर्चाले समर्थन फिर्ता लिएपनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार अल्पमतमा नपर्ने देखिन्छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *