अन्तर जातीय प्रेममा रहेका दयाहाङ र केकीको ‘घामपानी’को ट्रेलर

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ३ चैत । नेपाली चलचित्र ‘घामपानी’को टे«लर सार्वजनिक भएको छ । काठमाडौँमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

सञ्चारकर्मी दीपेन्द्र लामाको निर्देशन र लेखनमा बनेको सो चलचित्रमा दयाहाङ राई र केकी अधिकारीको मुख्य भूमिका रहेको छ । अन्तर जातीय प्रेम र द्वन्द्व उठाएको चलचित्रको टे«लरमा दयाहाङ र केकीको अन्तर जातीय प्रेमलाई देखाइएको छ । कार्यक्रममा भने यी दुवै मुख्य कलाकारहरु उपस्थित थिएनन् ।

सिनेमा आर्टस्को निर्माण साथै आइलाइट्स नेपाल र टर्चलाइट प्रोडक्सननको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ र केकीको साथमा अंकित खड्का, सिल्सा जिरेल, बुद्धि तामाङ, अरुणा कार्की लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रलाई शैलेन्द्रध्वज कार्कीले छायाँकन गरेका छन् भने उनैले निर्माण पनि गरेका हुन् । उनी साथै ‘घामपानी’लाई ओम गुरुङ, रौनकविक्रम कँडेल, ओमचन्द रौनियार र विश्व गौचनले निर्माण गरेका हुन् । नयाँ वर्षको अवसर पारेर सो चलचित्र आउँदो वैशाख १ गते प्रदर्शन गरिने बताइएको छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *