अपहरणको आरोपमा दुई प्रहरी नायव निरीक्षकसहित चार जना पक्राउ

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ३ चैत । व्यवसायी अपहरण गरेको आरोपमा दुई प्रहरी नायव निरीक्षक (सई)सहित चार जना पक्राउ परेका छन् ।

म्यानपावर व्यवसायी बद्री राईको अपहरण गरेर फिरौती मागेको आरोपमा प्रहरी अपराध महाशाखा टेकुमा कार्यरत सई सम्वत तामाङ र महानगरीय प्रहरी प्रभाग गौशलामा कार्यरत् सई सूर्य लामा पक्राउ परेका हुन् ।

उनीहरुलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । तामाङ र लामा बाहेक राजुकमार गुरुङ र अर्पणकुमार लामा पक्राउ परेका महाशाखाले जनाएको छ ।

उनीहरुले राइसँग २५÷२५ लाख रुपैयाँको चार वटा चेक लिएका थिए भने २५ लाख रुपैयाँको तमसुक समेत बनाएका बताइएको छ । पक्राउ परेका उनी विरुद्ध शरीर बन्धकको मुद्दा चलाइएको अपराध महाशाखाले जनाएको छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *