ओबामाले फ्रान्समा एक महिना विताउने

  •  
  •  
  •  
  •  
  •  

पापिटे (फ्रान्स), ३ चैत । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओवामा एक महिनाका लागि बुधबार फ्रान्स पुग्नुभएको स्थानीय टेलिभिजनले जनाएका छन् ।

स्थानीय टिभी च्यानल तहीती नुइ टेलिभिजन च्यानलका अनुसार उहाँले फ्रान्सको पोलिनेसियामा रहेको आरामदायक रिसोर्टमा समय बिताउने तयारी गर्नु भएको छ ।

उहाँ आफ्नो परिवार विना नै पर्यटकिय टापु तहीतीमा उत्रिएका थियो । ओबामा वातावरण मैत्री ब्राण्डो रिसोर्टमा बसेका छन् । सो रिसोर्टको प्रति रातको शुल्क १२ हजार ३०० युरो रहेको छ ।

यस यात्राका क्रममा ओबामाले कुनै राजनीतिक भेटघाट नगर्ने बताइएको  छ । उनले किन यस्तो एक महिने योजना बनाए भन्ने स्पष्ट हुनसकेको छैन । साथै उनको परिवारका सदस्यहरु पछि उनिसँगै आउने छन् की छैनन् भन्ने पनि यकिन भएको छैन ।

फ्रान्सको पोलिनेसिया दक्षिणी प्रशान्त महासागरमा पर्ने १०० भन्दा बढी टापु भएको क्षेत्र हो । जहाँ सन् १९९० को दशकमा फ्रान्सले आणविक परिक्षण गरेको थियो । रासस÷एएफपी

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *