किन सँगसँगै काम गर्न चाहन्छन् कालीप्रसाद बासकोटा र वर्षा राउत ? (भिडियो)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ४ चैत । पछिल्लो समय नेपाली संगीत क्षेत्रमा कालीप्रसाद बासकोटाले जे छोयो त्यही हिट हुने गरेको छ । उनले संगीत दिएका चलचित्र होस् वा आधुनिक गीत, सबै लोकप्रिय भएका छन् ।

यस्तै, पछिल्लो पुस्ताकी सर्वाधिक लोकप्रिय नायिका हुन् वर्षा राउत । उनले अभिनय गरेका एकपछि अर्का चलचित्र पनि हिट भएका छन् । कालीप्रसाद र वर्षा दुवैको समान धारणा छ, ‘काम गर्ने मान्छे हो । जे सकिन्छ त्यो गर्ने हो । त्यसको महसुस इन्डस्ट्रीमा भएको हुनुपर्छ । हामीले गरेको काम राम्रो भएर नै स्यावासी पाएका हौं ।’

तर, दुवैजना आ–आफ्नो नाम मिडियाले गलत लेखिदिँदा हैरान भएका छन् । कालीप्रसादको नाम यसरी मिस्टेक हन्छ रे रहेछ कालीप्रसाद रिजाल, देवकोटा, कालिदास आदि । त्यस्तै, वर्षा राउतलाई, वर्षा सिवाकोटी, वर्षा बस्नेत भनिँदो रहेछ ।

बिहीबार फिल्मीखबर साप्ताहिकको ‘वर्ष व्यक्ति’ बाट सम्मानित भएपछि दुवै दंग थिए । सम्मानित भएपछि उनीहरूले आ–आफ्ना योजना र खुसी मिडिया एनपीसँग यसरी साँटे । कालीप्रसाद र वर्षासँग गरिएको रमाइलो कुराकानी :

काली : नाम मिस्टेक गर्दा एकदमै रिस उठ्छ । एकपटक कालिप्रसाद रिजाल दाइको फोन आएको थियो । त्यो त सामान्य कुरा हो । तर, पत्रपत्रिकामा आउँदा रिजाल, बास्कोटा, कालिदास र कहिलेकाहीँ त हलिसाद पनि पनि हुने गरेको छ ।
दुवै : दुवैजनाको सँगै काम गर्न जुरेको छैन । अहिले प्रोफेसनल छौं । कुनै व्यानरका लागि गरिन्छ । बर्षाले गाउने र म पनि अभिनय गर्ने भएको भए सँगै काम गरिसकिन्थ्यो होला ।

वर्षा : पैसा खोइ ? को सुटिङ सकियो, एउटा गीत बाँकी छ । डाइरेक्टर भाग्नु भएको होइन । उहाँ निस्किनुभएको हो । उहाँलाई निस्कनु चाहिँ किन पर्यो भने । उहाँले बलिउड जस्तो खोज्नुभएको थियो होला । यहाँ धेरै गाह्रो हुन्छ । कलाकारलाई र निर्देशकलाई छुट्टाछुट्टै गाडी पाउन गाह्रो हुन्छ । एउटा गाडी थियो सकेसम्म म्यानेज गरिएको थियो । कलाकार र निर्देशक एउटै गाडीमा आउने जाने भइरहेको थियो । स्पट व्बाई र ड्रेस व्बाईहरूसँग उहाँको झगडा पर्थ्यो  ।

झगडा परेको दिने पुलिस स्टेसन पनि जानु भएको थियो । त्यहाँ उहाँले चार दिनसम्म खान बस्न दिएन भन्नु भयो रे । हिजो मात्रै सुटिङ सकेर आएको मान्छे । सायद उहाँलाई निस्कने बहाना चाहिएको थियो होला । यो विषयमा मेरो नाम पनि जोडिए छ । मैले राम्रोसँग स्क्रिप्ट हेरको थिइनँ । बुझेको थिइनँ, त्यसले गर्दा नगर्ने भनेको थिए । पछि फेरि गरे । वर्षा शिवाकोटीसँगको कुरा चाहिँ उसको कुरा हो । मलाई जुन रोल दिइएको थियो । म एकमदै सन्तुष्ट थिए । सायद उसलाई केही कुराहरूमा चित्त नबुझेको हुन सक्छ ।
काली : एकपटक अनौपचारिक रूपमा मसँग पनि कुरा भएको थियो । संगीतको लागि, तर म व्यस्त थिएँ र गरिनँ । नेपाली मुभी इन्डस्ट्री अब राम्रो हुने देखिएको छ । मुभी मेकिङको ट्रेन्ड चेन्ज भइसक्यो । अब फरक खालका मुभीहरूले बजार पाउँदैछन् । त्यो भनेको अब बजार वाइड हुँदैछ । म मुभीभन्दा पहिला संगीतसँग नाता गाँसिएको मान्छे हो । अहिले मेरो मात्रै होइन, जुनसुकै कम्पोजरको काम हुर्नुहोस् एकदमै एकस्ट्रा भएर आइरहेको छ ।

मुभीसँगै म्युजिक पनि चेन्ज भएर आइरहेको छ । त्यो हाम्रो लागि पनि च्यालेन्ज हो । बजार पनि बढिरहेको छ । धेरै कुरा सिक्ने मौका पाइरहेका छांै । मुभी म्युजिकसँग सँगै भइरहेको छ । एकदमै राम्रो भइरहेको छ ।

वर्षा : हामीले पनि मुभि गर्नु भन्दा अघि गीत कस्तो छ भन्ने चाहिँ सुन्छौ । गीत राम्रो छ भने गर्ने कि भन्ने सोच आउँछ ।
काली : गानाले त्यो ठाँउ चाहिँ पाएको छ । त्यो एकदमै ठूलो कुरा हो । मार्केटिङमा एउटा गाना राम्रोसँग चलिदियो भने फिल्मको मार्केटिङ सकियो के । विफोर रिलिज नै फिल्मले धेरै कुरा सेक्योर गरिसक्छ । म्यूजिककको त्यति पावर चाहिँ छ । मैले बर्षाका छक्का पञ्जा, जात्रा, फिल्म हेरको छु । नाइँ नभन्नु ल चाहिँ हेरको छैन । वर्षा त्यसै मन पर्छ मलाई फिल्म हेर्नै पर्दैन । हाम्रो भेट इन्ड्रस्टीमा आउनुभन्दा पहिले भएको हो ।

वर्षा : मलाई उहाँको हरेक गीत मन पर्छ । ‘पारि त्यो डाँडामा…’ को मैले १५ सेकेन्डको भिडियो बनाएको थिएँ । निरामा पनि गर्ने कोसिस गरिरहेको थिएँ । तर, पहिलाको जस्तो आँट नै आएन । अहिले मन परेको गीत साइँली ।
काली : तपाई हामी सबै साइँला साइँलीलाई हेरेर बनेको गीत हो । तीन करोड नेपालीमध्ये दुई करोड नेपालीसँग चाहिँ यो सेन्टिमेन्ट छ । नेपालभन्दा बाहिर गएर काम गर्नुपर्ने बाध्यता छैन त्यहाँ यो गाना बनेको भए त्यसको अर्र्थै रहने थिएन । नेपालीहरूको सेन्टिमेन्ट छोएको गाना हो ।

वर्षा : यो गीतबाट हामी डाइरेक्टली इन्डाइरेक्टली हामी जोडिएका छांै । मेरो छक्का पञ्जासँग जोडेर थुप्रै फोटोहरू आएका छन् ।
काली : यो काम गर्न बाहिर जानेहरूको दुःखसँग जोडिएको कुरा हो । त्यसको नेगेटिभ र पोजेटिभ दुवै पाटो होला ।
वर्षा : हामीले नेगेटिभ रिलका थियौ । उहाँले पोजेटिभ निकाल्नुभयो ।

काली : त्यो होइन छक्का पञ्जा पनि बाध्यता हो नि ।
वर्षा : छक्का पञ्जामा मेरो जोसँग विवाह भएको थियो । त्यो मैले बाध्यतामा गर्नुपरेको थियो । माया त म सधंै राजालाई नै गर्थें ।

काली : मलाई फिल्ममा देख्न पाइँदैन । वर्षाले फिल्ममा गीत गाएको पनि सुन्न पाइँदैन होला । नआउने काम नगरेकै राम्रो एउटा म्युजिक भिडियोमा काम गर्दा मैले ११३ टेक खाएको थिएँ ।
वर्षा : मलाई आफ्नो आवज मन पर्दैन । नाके आवाज छ । म घरको काम गर्दा गीत गाइरहेको हुन्छु । घरमा कोही पनि नभएको समयमा गाउँछु । कहिलेकाहीँ कसैले

सुनिहाल्यो भने पनि गाली खान्छु । मेरो गीत सुनेर मेरो घरमै गाली खान्छु भने बाहिर गएर कसरी गीत गाउनू ।
प्रस्तुति : वर्षा बस्नेत

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *