सरकार चुनावबाट भाग्न खोजेको केपी ओलीको आरोप, संशोधन विधेयक फिर्ता लिन माग

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ४ चैत । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्र निर्वाचनबाट भाग्न खोजेको आरोप लगाएका छन् ।

मेची–महाकाली अभियानको समापानपछि शुक्रबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै एमालेले संविधान संशोधनबिना निर्वाचन हुन सक्दैन भन्ने सोच हानिकारक रहेको भन्दै त्यसलाई बहाना बनाएर सत्तारुढ दल चुनावबाट भाग्न खोजेको आरोप लगाएको हो ।

एमाले अध्यक्ष केपी ओलीले निर्वाचन नै हुन सक्दैन भन्ने भनाइले मुलुकलाई द्वन्द्वतिर धकेल्ने दाबी गरे । ओलीले संविधान संशोधनबिना चुनाव हुन सक्दैन भन्ने सोच खतरनाक र हानिकारक भएको भन्दै संशोधन विधेयक नै फिर्ता लिनुपर्ने माग गरे । एमालेले संशोधनलाई अनुचित, अनावश्यक, असंवैधानिक र राष्ट्र तथा जनताको हितविपरीत रहेको भन्दै कुनै पनि अर्थमा पारित हुन नसक्ने जनाएको छ ।

एमालेले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा सरकारले आचारसंहिताविपरीत जथाभावी बजेट रकमान्तर गर्ने तथा कार्यकर्तालाई नियुक्ति तथा राज्यको ढुकुटी रित्याउने काममा लागेको भन्दै आपत्ति जनाएको छ ।

पत्रकार सम्मेलनमा एमाले अध्यक्षका साथै वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष बामदेव गौतम, भीम रावल, महासचिव ईश्वर पोखरेल, सचिव योगेश भट्टराईलगायत सहभागी थिए । एमालेले भोलि चैत ५ गते सुर्खेतमा मेची–महाकाली अभियान समापन भएको घोषणा गर्नेछ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *