प्रमुख आयुक्तले प्रधानमन्त्रीलाई भने– सहमति गर्नुहोस् नत्र चुनाव हुँदैन

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ४ चैत । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सरकारबाट बाहिरिएसँगै उसले निर्वाचनमा सहभागी नहुने संकेत पाएपछि प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले तराई निर्वाचन हुन नसक्ने बताएका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार पुगेर उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई वर्तमान अवस्थामा तराईमा निर्वाचन हुन नसक्ने स्थितिले बाँकी क्षेत्रमा हुने निर्वाचनले समस्या समाधान नहुने बताए । सहमतिको समय अझै रहेको भन्दै प्रमुख आयुक्त यादवले पहल गर्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका छन् ।

वैशाख ३१ नै निर्वाचन गर्न आयोग पूर्ण प्रतिबद्ध रहेको बताएका यादवले संसद् भित्र र बाहिर रहेको सबै राजनीतिक दल निर्वाचनमा सहभागी चाहेको भन्दै वातावरण बनाउन आग्रह गरे ।

निर्वाचनको अपनत्व सबै नेपाली जनता र राजनीतिक दलले लिनुपर्ने आयोग धारण रहेको भन्दै उनले राजनीतिक सद्भाव र विश्वासको वातावरण बनाउन प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका हुन् ।

यद्यपी उक्त भेटवार्तामा प्रमुख आयुक्त यादवले स्थानीय तहको निर्वाचनका तयारीमा आयोग द्रुतगतिमा जुटिरहेको जानकारी गराएका छन् ।

आयोगले निर्वाचनका लागि कर्मचारी खटाउने र जिल्लामा निर्वाचन सामग्री पठाउने कार्य भइराखेको तथा मतपत्र छापिरहेको जानकारी यादवले दिए ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *