गायक नारायण धितालको ‘यति बेला उनीलाई’ सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ४ चैत । बेल्जियममा बस्दै आएका गायक नारायण धितालले ‘यति बेला उनीलाई’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।

बेल्जियममा नै छायाँकन गरिएको सो म्यूजिक भिडियोमा थकित यात्रीको शब्द, गायक धिताल कै संगीत र महाराज थापाको संगीत संयोजन तथा दिपेश रेग्मीले निर्देशन गरेका छन् ।

प्राणघातक क्यान्सरले जीवन संगिनि गुमाउँदा श्रीमानको एक्लो जीवनका संघर्षका कथा समेटिएको सो म्यूजिक भिडियोमा स्वयम् गायक धितालको अभिनय रहेको छ ।

उनीसँगै उनका छोरा शिवम धितालको बालकलाकारको रुपमा अभिनय रहेको सो म्युजिक भिडियोमा शान्ति भट्ट र सुदर्शन घिमिरेको पनि अभिनय देख्न सकिन्छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *