‘बाहुबली: द कनक्लूजन’ को ट्रेलरले बन्यो बलिउडमा नयाँ रेकर्ड

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी , ‘कटप्पाले बाहुबलीलाई किन मारे ?’ यो प्रश्नको जवाफ सन् २०१५ देखि गरिएको छ । सन् २०१५ मा प्रदर्शन भएको फिल्म बाहुबलीको सिक्वेल यतिबेला प्रतिक्षित बनेको छ । प्रतीक्षाको बीच  फिल्म ‘बाहुबली: द कनक्लूजन’ को ट्रेलर रिलीज भएको छ  । बिहिवार रिलिज भएको यस ट्रेलर २४ घन्टामा ५ करोड पटक हेरिएको निर्माण युनिटले फेसबुक मार्फत सार्वजनिक गरेको छ । चार भाषामा रिलिज गरिएको यस फिल्मको ट्रेलरले भारतीय फिल्म इतिहासमै २४ घन्टामा यति धेरै पटक युटुबमा हेरिएको यो नै पहिलो ट्रेलर हो ।

बाहुबली: द कनक्लूजन’ २८ अप्रिल २०१७ मा प्रदर्शनमा आउने यस फिल्मलाई ७ भाषामा रिलिज गर्ने तयारी गरिएको निर्माण युनिटले जनाएको छ  । फिल्मलाई  एस एस राजामौलीले निर्देशक गरेका हुन् भने फिल्ममा प्रभास, राणा दग्गुबत्ति, अनुष्का शेट्टी, तमन्ना भाटिया लगायतका कलाकारको अभिनय रहेको छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *