एएफसी एसियन कप छनौट खेल्ने नेपाली टोलीको घोषणा (नामसहित)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ४ चैत । एएफसी एसियन कप २०१९ छनौट खेलका लागि २० सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ ।

यही चैत १५ गते फिलिपिन्ससँग हुने पहिलो खेलका लागि सुरुवाती छनौटमा परेका २७ जनाबाट शुक्रबार २० जनालाई अन्तिम छनौट गरिएको हो ।अखिल नेपाल फुटबल संघ एन्फाले सातदोबाटोमा घोषणा गरेको टोलीमा ३ गोलरक्षक, ७ डिफेण्डर, ६ मिडफिल्डर र ४ स्ट्राइकर समावेश छन् ।

फिलिपिन्सको रिजल मेमोरियल स्टेडियम मनिलामा हुने सो खेलमा सहभागी हुने टोलीमा विकेश कुथु, किरण कुमार लिम्बु, विशाल श्रेष्ठ, रविन श्रेष्ठ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, रञ्जित धिमाल, जितेन्द्र कार्की, रोहित चन्द, विशाल राई, हेमन गुरुङ, विक्रम लामा, अन्जन बिष्ट, सुजल श्रेष्ठ, विमल घर्तीमगर, रञ्जन बिष्ट, भरत खवास र कर्ण लिम्बु परेका छन् ।

समुह एफ मा रहेको नेपालले अक्टोबर १० मा ताजिकिस्तान र अर्को बर्षको मार्च २७ मा यमनसंग प्रतिस्पर्धा गर्नेछ । समुहका शीर्ष दुई टोली एसियाकपका लागी छनौट हुनेछन् ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *