माहुरी चोरका कारण प्रहरी तनावमा

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, चोरीको समस्या हरेक देसमा आम भइसकेको छ । मेहनत नगरी चाडै धनी बन्न मानिसले चोरी जस्तो अपराध गर्ने गर्दछ । आज हामी चर्चा गर्ने छौ माहुरी चोरी हुने देसको बारेमा । सुन्दा निकै अनौठो लाग्ने यो घटना हो न्युजिल्यान्ड जहाँ  माहुरीको घार चोरी हुने गरेको छ । न्युजिल्यान्डमा महको मुल्य अत्यधिक बढेपछि माहुरीको चोरी बढेको छ ।

पछिल्लो छ महिनामा ४०० माहुरी चोरीको घटना पुलिस थानामा दर्ता भएको छ । दिनप्रतिदिन  माहुरी चोरी गरि हंगकंगमा एक्सपोर्टर्स गरिने गरेको न्युजिल्यान्ड प्रहरीको भनाई छ ।  एक अनुमान अनुसार पछिल्लो एक वर्षमा २१९ मिलियन डलरको कालोबजारी भइसकेको छ । न्युजिल्यान्डमा अहिले महको मुल्य एक किलोग्रामको १४८ डलर रहेको छ । न्युजिल्यान्ड पुलिसको टाउको दुखाईको बिषय बनेको माहुरी चोरीमा अहिले सम्म कुनै ठुलो सफलता मिलेको छैन ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *