समिक्षा : प्रेरणा धुनमा थप प्रेरणा

  •  
  •  
  •  
  •  
  •  

उपसना संकल्प वालुवामा सुन टिप्न चाले अब भयो
पर्खाल त्यो सूर्य छेक्ने ढाले अव भयो 
श्रम सीप सिर्जनाका फूलहरु रोप्न लम्पसार पत्थर ती गाले अव भयो । (प्रेरणाकाे धुन)

नेपाली साहित्यमा पछिल्लो समय गजल नलेख्ने साहित्यानुरागीहरु कमै छन होला । कविता कथा तथा निबन्ध विधाले दायारा फराकिलो बनाइरहेका बेला गजल विधाले पनि विस्तारै आफ्नो स्थानलाई दरिलो बनाउदै लगेको पाइन्छ ।

शहर बजार गाँउमा समेत यसको बेग्लै अस्तित्व पहिचान भैरहेका बेला शहरमा त यसले गायनमा समेत आफ्नो स्थानलाई सुरक्षित बनाउदै लगेको छ । गजल फारसी र अरबी भाषाको शब्द जसको आज विश्वसाहित्यमा उल्लास मय तबरले गुणगान गाइराखिएको छ । यसको व्यापकता दिनानुदिन बढेकै छ । गजल आफ्नो छुटै संरचनागत परिवेशमा छ ।

गजलका आफनै प्रकारमा नियम र संरचनागत तत्वहरु पनि छन । तिनीहरु साहित्यका अन्य कुनै विधासँग जोरजर्वजस्त सम्बन्ध राख्दैनन । मूलतः गजल अरबी भाषाबाट आएको हुँदा यसमा प्रयोग भएका शब्दहरु सबै अरबी भाषाबाट आउनु स्वाभाविक मानिएपनि यतिबेला नेपाली गजल साहित्य भने नेपालीपनकै हुन थालेको छ ।

पंक्तिमा उल्लेखित गजल लक्ष्मी निर्रौलाद्धारा लिखित प्रेरणाको धुनबाट लिइएको हो । साहित्यिक बजारमा हालै प्रकासित ‘प्रेरणाको धुन’ संग्रहको चर्चा यतिबेला सान्र्दर्भिक भएको छ ।

मोतिराम भट्टकालिन गजलभन्दा आजका गजलहरु निकै फरक छन् । आजका गजल प्रेममय रोमाञ्चक जीवनको प्रतिनिधि मात्र होइनन । गरिवका कथा, राजनीतिक विसङ्गतिप्रतिको असन्तुष्टि , जीवनका विविध पक्षहरुको उद्घाटन लगायतका कालजयी विषयहरु समेटिएका हुन्छन ।

यो संग्रहपनि समयको बहावसँगै जीवनमा परेका प्रभावहरुलाई एकै थलोमा राखेर पाठक सामू प्रस्तुत भएका छन् । गजलका हरेक सेरहरु वजनदार हुनुपर्दछ भन्ने मुलुभुत मान्यतमा आधारित छन् । यसका लागि उपयुक्त विषयवस्तु अनि त्यसको भावपूर्णप्रस्तुति समेत बेजोड रहेको छ । गजल साहित्यको एउटा लघुतम रुप हो भनने विषयलाई गाजलकार निरौलाले मननमात्रै गरेका छैनन । यति सानो रुपमा पनि गजलले मौलिकता पस्किएको छ । एउटै गजलमा विविध विषयवस्तुको प्रवेश छन् । गजलको हरेक सेर स्वायत्त रहेका हुन्छन घनश्यम परिश्रमीको मान्यता र प्रेमपनि भाव हुन्छ भाव रस हुन्छ भन्ने कृष्णहरि बरालको मान्यतालाई प्रेरणाको धुनमा समेटिएको छ । युवाहरुको ध्यान गजल लेखनतर्फ केन्द्रीत छ । उनीहरुको गजल परिस्कृत र परिमार्जित हुन्छन त्यसैले अव गजलकै बजार छ भन्ने नेपाली साहित्यकारहरुको भावोत्तेजित भनाइपनि गजलकारले किन विर्सन्थे र ?

तिम्रो मेरो नाता किन तोड्न मन लाग्यो

तोडनुभन्दा अघि गाला जोड्न मन लाग्यो

पहिलो भेटमै मन चोर्यौ दिल खोलि दिए विश्वासमा फुलेको फूल गोड्न मन लाग्यो ।

संग्रहमा नारीहरु प्रति अत्यन्त सम्मान गरिएको छ । उनीहरु प्रकृतिका सुन्दर उपहार हुन भन्ने कुरामा गजलकारले राम्रै उल्लख गरेका छन् ।

नारीको सौन्दर्यमात्र जीवनको सहारा बन्न सक्दैन । यसको लागि सहमति, सहकार्य जस्ता कुराको पनि मुख्य भूमिका रहेको हुन्छ । सुन्दरताको लागी नारीजीवनलाई पूरषले खेलना बनाउनहुँदैन नारी र धरती एकै हुन भन्ने अभिप्ररणाबाट गजलकार निरौला प्रभावित भएको उनका गजलहरु पढ्दा स्पष्ट हुन्छ । पुस्तकमा ७६ वटा गजलहरु संग्रहित गरिएको छ ।

सबै गजलहरुमा भावोत्तेजित रेखाचित्र प्रस्तुत गरिएको छ जसले गर्दा संग्रहलाई थप पढनीय बनाएको छ भने गजलका सामान्य नियमहरु सबै पालाना भएका छन् ।

एक दशक भन्दा अघि लेखिएका गजलले त्यो समयलाई चित्रित गरेको भने अहिले लेखिएका गजलले वर्तमान परिवेशलाई चित्रित गरेको छ । सृजना र सिद्धान्तबीच भाषा र व्याकरणको जस्तो सम्बन्ध हुने गर्छ प्रेरणाको धुन त्यो संयोजन भने छैन ।

यस्तो सम्बन्धमा जहिले पनि तरलता, स्वाभाविकता र सामयिकताको अपेक्षा रहन्छ । यस्तो सम्बन्ध ठोस र रुढ बनिदियो भने सिजना भद्दा हुन्छ त्यसकारण गजलकारले यस विषयमा भने थोरै ध्यान दिनु जरुरी देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *