यमनी आक्रमणमा एकतिस सोमाली शरणार्थीको मृत्यु

  •  
  •  
  •  
  •  
  •  

जेनेभा (स्वीट्जरल्यान्ड), ४ चैत । संयुक्त राष्ट्रसङ्घले बिहीबार राति सोमालियाली शरणार्थी लिएर यमनी रेड सी (सामुद्रिक) तटीय क्षेत्रमा हिँडिरहेको एउटा डुङ्गामा आक्रमण हुँदा कम्तिमा ३१ जना शरणार्थीको मृत्यु भएको जनाएको छ ।

आप्रवासी मामिला हुर्ने अन्तर्राष्ट्रिय सङ्गठनका प्रवक्ता जोयल मिलम्यानले आफूलाई जानकारी भएअनुसार उक्त घटनामा ८० जना घाइते भएका र उनी लाई अस्पताल भर्ना गरिएको छ ।

यमनको विद्रोहीद्वारा सञ्चालित समाचार संस्थाले शुक्रबार दिएको जानकारीमा घटनामा दर्जनौँ मरेका र ठूलो सङ्ख्यामा घाइते भएका बताइएको छ ।

होडेइडा प्रान्तको बाबअल मान्दब स्ट्रेटमा आक्रमणमा भएको उक्त घटनाप्रति संयुक्त राष्ट्रसङ्घ तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी सङ्घसङ्गठनले गहिरो चासो व्यक्त गर्दै दुःख व्यक्त गरेका छन् । रासस÷एपी

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *