छोराको कुटपिटबाट बाबुको मृत्यु

  •  
  •  
  •  
  •  
  •  

भक्तपुर, ५ चैत । मध्यपुर थिमी नगरपालिका–८, पुरानो ठिमीमा छोराको कुटपिटबाट आज बाबुको मृत्यु भएको छ ।

गएराति श्रीकृष्ण प्रजापतिको आफ्नै घरमा घरायसी झगडा हुँदा ६३ वर्षीय श्रीकृष्ण प्रजापतिलाई निजको छोरा ३५ वर्षीय कृष्णकुमार प्रजापतिले कुटपिट गरी गम्भीर घाइते भएका प्रजापतिको आज उपचारका क्रममा मृत्यु भएको हो ।

घाइते प्रजापतिको राति नै कोरिया–नेपाल मैत्री अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि ठिमीस्थित मध्यपुर अस्पताल लगिएको, र त्यहाँ पनि उपचार हुन नसकेपछि वीर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचारकै क्रममा प्रजापतिको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी वृत्त, ठिमीका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले छोराको कुटपिटबाट बाबुको टाउकोमा गम्भीर चोट लागेको अनुसन्धानमा खुलेको बताउँदै प्रजापतिको उपचारकै क्रममा ज्यान गएको बताए ।

प्रहरीले कुटपिटमा संलग्न मृतकका छोरा कृष्णकुमारलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जानकारी दिएको छ । रासस

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *