आर्सनलको अर्को हार, वेष्ट ब्रोमसँग ३–१ ले पराजित

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ६ चैत । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा वेष्ट ब्रोमले आर्सनललाई ३–१ गोलले पराजित गरेको छ ।
खेलको १२ औँ मिनेटमा वेष्ट ब्रोमका डसनले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।

त्यसको तीन मिनेटपछि नै सान्चेजले गोल गरेर आर्सनललाई बराबरीमा ल्याएका थिए । पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भने वेष्ट ब्रोमले दुई गोलको अग्रता लियो ।

खेलको ५५ औँ मिनेटमा रब्सन कानु र ७५ औँ मिनेटमा डसनले नै गोल गरेर खेल ३–१ मा पुर्याएका थिए । लिगको अंक तालिकामा ५० अंक सहित आर्सनल पाँचौ स्थानमा रहेको छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *