चेल्सीलाई १३ अंकको अग्रता, स्टोक सिटीलाई २–१ ले हरायो

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ६ चैत । चेल्सीले इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा स्टोक सिटीलाई २–१ ले हराएको छ । स्टोक सिटीलाई हराउँदै चेल्सीले १३ अंकको अग्रता कायम गरेको छ ।

स्टोकको मैदानमा भएको खेलमा चेल्सीलाई जिताउन विलियन र ग्यारी काहिलले गोल गरे । स्टोकका लागि जोन वाल्टर्सले एक गोल गरे । इन्जुरी समयमा फिल ब्राडस्ली दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि स्टोक १० खेलाडीमा सीमित भएको थियो ।

१३ औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई सुरुवाति अग्रता दिलाए । ३८ औं मिनेटमा पाएको पेनाल्टी अवसरमा वाल्टर्सले स्टोकका लागि बराबरी गोल फर्काए । अन्तिम समयसम्म १–१ को बराबरी भएको खेलमा काहिलले ८७ औं मिनेटमा चेल्सीका लागि विजयी गोल गरे ।

जितपछि शीर्ष स्थानको चेल्सीको २८ खेलबाट ६९ अंक भएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको टोटनह्यामको ५६ अंक छ । २९ खेलबाट ३६ अंकसहित स्टोक नवौं स्थानमा छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *