रियल मड्रिडले एथ्लेटिको बिल्बाओलाई हरायो, पाँच अंकको अग्रता

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ६ चैत । स्पेनिस ला लिगा अन्तर्गत शनिवार भएको खेलमा लिग लिडर रियल मड्रिडले एथ्लेटिको बिल्बाओलाई पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडसँग बिल्बाओ २–१ ले पराजित भएको हो । बिल्बाओलाई हराउँदै रियल मड्रिले अंक तालिकामा पाँच अंकको अग्रता कायम गरेको छ ।

रियल मड्रिडको जितमा करिम बेन्जिमा र कासेमिरोलो गोल गरे । बिल्बाओका लागि आरिट्ज अडुरिजले गोल गरे । बेन्जिमाले २५ औं मिनेटमा गोल गर्दै सुरुवाति अग्रता दिलाए ।

पहिलो हाफमा १–० ले पछि परेको बिल्बाओका लागि ६५ औं मिनेटमा अडुरिजले बराबरी गोल फर्काए । त्यसको तीन मिनेटपछि कासेमिरोले रियल मड्रिडका लागि विजयी गोल गरे ।

जितपछि शीर्ष स्थानको रियल मड्रिडको २७ खेलबाट ६५ अंक भएको छ । दोस्रो स्थानको बार्सिलोनाको २७ खेलबाट ६० अंक छ । राति भएका अरु खेलमा रियल बेटिसले ओसासुनालाई २–० तथा एलाभेसले रियल सोसिडाडलाई १–० हरायो । यस्तै एइबर र स्पानियोलले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *