उपप्रधानमन्त्री थापा चुनावी कार्यक्रमको अनुगमन गर्दै

  •  
  •  
  •  
  •  
  •  

मोरङ, ६ चैत । उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय तहको चुनावी कार्यक्रमको अनुमगन गर्न आफू पूर्वी नेपाल आएको बताएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकाहरुसँग उनले निर्वाचनलाई सफल बनाउन स्थानीय तहलाई परिचालन गरिएको र यसैको अनुगमनका लागि आफू सुनसरी र मोरङ जिल्लाको दौडाहामा  आएको बताए ।

वैशाख ३१ गते नै हुने स्थानीय तहको निर्वाचनलाई अब कुनै शक्तिले रोक्न नसक्ने दाबी गरेका उपप्रधानमन्त्री थापाले राजनीतिक दलहरु निर्वाचनतर्फ उन्मुख भइसकेका र निर्वाचन आयोग पनि तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउन युद्धस्तरमा काम गरिरहेको जानकारी दिए ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग मध्यमार्गी बाटोबाट सहमतिको प्रयास भइरहेको जानकारी दिएका उनले सहमति हुने सक्ने विषयमा सहमति गर्ने र सहमति नभएका विषयमा भविश्यमा सहमति गर्ने तयारी भइरहेको बताए ।

एक अर्काे प्रसङ्गमा रराप्रपा अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री थापाले आफ्नो पार्टीको मुख्य एजेण्डा संवैधानिक राजतन्त्र र हिन्दूराष्ट्र हटाउने निर्णयको तत्काल निर्वाचन आयोगले पुनर्विचार नगरे ऊ विरुद्ध तत्काल कदम चाल्ने चेतावनी दिए ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *