दीपकराज गिरीको प्रस्टीकरण, साम्राज्ञीलाई ‘छक्का पञ्जा फेरी’ मा लिने कुरै भएको छैन

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ६ चैत । कलाकार तथा निर्माता दीपकराज गिरीको ‘छक्का पञ्जा फेरी’ मा नायिकामा साम्राज्ञीराज्यलक्ष्मी शाहसँग कुरै नभएको प्रस्टीकरण दिएका छन् । उनले ‘छक्का पञ्जा फेरी’ चलचित्रको कथा नै तयार नभएको भन्दै साम्राज्ञीले छक्का पञ्जा फेरी छाडिन् भन्ने समाचार भाइरल भएकोमा आश्चर्य प्रकट गरेका छन् ।

आइतबार फेसबुकमा स्टाटस लेख्दै दीपकराजले ‘छक्का पञ्जा फेरी’ मा पहिले नै चल्तीका दुई–तीनजना नायिका रहेको जानकारी दिँदै उनीहरूको नाम भजाउन आवश्यक नभएको उल्लेख गरेका छन् ।

‘साम्राज्ञीले छक्का पन्जा फेरी छोडिन भन्ने न्यूज भाइरल भएछ । फिल्मको कथा नै तयार भइसक्या छैन, कसरी छोडिछन् ? रिलिज भैसक्या छक्का पन्जा छोडिन् पो भन्या हो कि ? जबकि चल्तीका २–३ नायिका पहिलै छन् फिल्ममा । ती नवनायिकाको नाम किन भजाउनु हाम्ले ?’ दीपकराजले लेखेका छन् ।

उनले साम्राज्ञीराज्यलक्ष्मीसँग फिल्मको बिहे नै नभएको उल्लेख गर्दै डिभोर्सको के कुरा ? भन्दै हल्ला चलाउनेप्रति व्यंग्य गरेका छन् । ‘डिभोर्स हुनलाई पहिला बिहे त हुनु पर्यो ?’ उनले लेखेका छन् । ‘छक्का पञ्जा फेरी’ मा दीपाश्री निरौलाले नै निर्देशन गर्ने भएकी छन् । चाँडै छायांकनमा जाने भनिएको ‘छक्का पञ्जा फेरी’ आगामी भदौ २४ गते रिलिज हुने घोषणा भइसकेको छ ।

यो पनि हेर्नुहोस 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *