जनवरीमा बिवाह बन्धनमा बाँधिदै कपिल शर्मा

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, भारतका चर्चित हास्यकलाकार  कपिल शर्माले बिवाह गर्ने भएका छन् । शनिवार एक ट्वीट गर्दै कपिलले आफ्नो बचपनकि साथी गिनी अर्थात्  भवनीत चतरथ संग बिवाह गर्ने संकेत गरेका थिए ।

शनिवार कपिलले एक फोटो राखेर  ट्वीट गर्दै  ‘मेरी श्रीमतीलाई भेट्नुहोस् ,म उनलाई दिपिकाभन्दा पनि माया गर्छु ’ लेखेपछि उनको विवाहको चर्चा सुरु भएको हो । कलेजमा संगै पढेका उनिहरु एक रियालिटी शोमा समेत साथै देखिएका थिए । झन्डै १० वर्ष लामो सम्बन्धलाई विवाहमा परिणत गर्न लागेको कपिलले एक अंग्रेजी अखवारलाई अन्तर्वार्त दिने क्रममा बताएका हुन्  ।

कपिलका अनुसर आगामी वर्ष जनवरीमा बिवाहबन्धनमा बाधिन सक्छौ । हाल कपिल शर्मा आफ्नै होम प्रोडक्सनमा निर्माण भइरहेकोमा फिल्म ‘ फिरंगी ‘ र द कपिल शर्मा शोमा ब्यस्त रहेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *