सियरा लियोनमा भेटियाे सबैभन्दा ठूलाे हिरा, कति छ मूल्य ?

  •  
  •  
  •  
  •  
  •  

पश्चिम अफ्रिकाकाे सियरा लियाेनमा एक पादरीकाे ढुंगा खानीमा ७०६ क्यारेटकाे हिरा भेटिएकाे छ । याे हिराकाे मूल्य ३ अर्ब भन्दा बढी मूल्यांकन भइरहेको छ । याे अनमाेल हिराकाे सियरा लियाेनकाे फ्रिटाउन सेन्ट्रल बैंकमा राखिएकाे छ ।

इमानुएल मोमोह नामका पादरीलाई याे हिरा मिलेकाे हाे । ७०६ क्यारेटकाे याे हिरा भन्दा पहिला सन् १९७२ मा ९६९ क्यारेटकाे हिरा भेटिएकाे थियाे ।

१९७२ मा भेटिएकाे हिरा भन्दा पछि भेटिएकाे याे नै दुनियाका सबैभन्दा ठूलाे हिरा भएकाे दावी गरिएकाे छ । याे हिरालाई सबैभन्दा पहिला त्यहाँका राष्ट्रपति एर्नेस्ट बाइ कोरोमा कहाँ पुर्‍याइएकाे थियाे ।

राष्ट्रपतिलाई देखाएर याे हिरालाई सुरक्षित बैंककाे लकरमा राखिएकाे छ । हिरा देखेपछि त्यहाँका राष्ट्रपतिले देशवासीका नाममा सम्बाेधन समेत गरेका छन् ।

उनले देशबाट हिरा तस्करी नगरेकाेमा स्थानिय प्रमुख र जनतालाई धन्यवाद समेत दिएका छन् । एजेन्सी

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *