संघीयता कार्यान्वयनमा कडा हुन प्रधानमन्त्रीको निर्देशन, कार्य क्षेत्रमा नजानेलाई कारबाही गर्नू

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयता कार्यान्वयनमा कडा रुपमा लाग्न सम्बन्धि मन्त्रालयलाई निर्देशन दिएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा सरोकारवालाहरुलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले संघीयता कार्यान्वयनमा उदार नहुन निर्देशन दिएका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नेपालको संविधान बमोजिम आवश्यक पर्ने सम्पूर्ण संघीय कानूनहरु निर्माणको कामलाई तिव्रता दिन निर्देशन दिएका उनले स्थानीय तहमा कुनै विभेद विना मापदण्ड बनाएर कर्मचारी खटाउनु र कार्यक्षेत्रमा जान नमान्ने कर्मचारीलाई कानुन बमोजिम कारवाही समेत गर्न निर्देशन दिएका हुन् ।

कानुन मन्त्री अजयशंकर नायक, मुख्य सचिव डा. सोमलाल सुवेदी सहित सम्बन्धित मन्त्रालयका सचिवहरुलाई बोलाए प्रधानमन्त्रीले भने, ‘अहिलेसम्म भएका कानून निर्माण सम्बन्धी काम सकारात्मक छन् । नेपालको संविधान जारी भएपछि ३८ वटा ऐन बनिसकेका, ४ वटा ऐन संसदवाट पारित भई प्रमाणिकरण हुन बाँकी रहेका, व्यवस्थापिका संसदका समितिवाट पारित भइसकेका ५ वटा ऐन र सरकारले संसदमा दर्ता गरेका र, त्यहाँ ३९ वटा ऐनको मस्यौदा विभिन्न समितिमा विचाराधिन अवस्थामा रहेको देखियो । यसैगरी ३१ वटा ऐनको मस्यौदा भई बिभिन्न मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा प्रक्रियामै रहेकाले यी सहित सबै आवश्यक संघीय कानुनको मस्यौदा संसदमा पुर्याउन तदारुकता दिनु पर्नेछ ।’

प्रधानमन्त्री प्रचण्डले अहिले स्थानीय तहको निर्वाचनका निम्ति आवश्यक पर्ने सबै कानून निर्माण भइसकेकाले घोषित निर्वाचन सफल पार्न कानुनको अभाव नरहेको स्पष्ट पार्दै संघीयता सम्बन्धी कानून निर्माणलाई पहिलो प्राथमिकता दिन निर्देशन दिए ।

उनले अव केन्द्रिकृत ढंगले नभई संघीयताको मूल मर्म र भावनाअनुसार बदलिन र जनताको सेवामा लाग्ने गरी सबै कर्मचारीहरुलाई जिम्मेवारी दिन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिए ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *