छोटो समयमा भाइरल बनेको प्रियंका कार्कीको ‘चमेली’को भिडियो

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ६ फागुन । गएको शुक्रबार साँझ युट्युब मार्फत सार्वजनिक भएको चलचित्र ‘लाल्टिन’को चमेली गीत यतिबेला चर्चित बनिरहेको छ । दुई दिनमा चमेलीलाई एक लाख भन्दा बढिले हेरिसकेका छन् । चलचित्र ‘लाल्टिन’को आइटम गीत रहेको उक्त भिडियोमा नायिका प्रियंका कार्कीले नृत्य गरेकी छिन् ।

निकै बोल्ड अवतारमा प्रस्तुत भएकी प्रियंकाको डान्समा दयाहाङ राई र निर्जन प्रधान झुमिरहेका छन् । आस्था राउतको स्वर रहेको गीतमा किरण माईकलको शब्द तथा संगीत रहेको छ । देवकुमार श्रेष्ठको निर्देशन रहेको सो चचित्रमा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुन गुरुङ, रिया श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । भानु प्रताप प्रस्तुतकर्ता रहेको चलचित्रलाई अनिम श्रेष्ठ र राज केसीले निर्माण गरेका छन् । चलचित्रले एक्सन, कमेडी, रोमान्स, सामाजिक कथावस्तु उठाइएको चलचित्र १ करोड माथिको लगानीमा निर्माण भएको बताइएको छ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *