चलचित्रको नाममा दीपक र दीपाबीच मतभेद, छक्का पञ्जाको सिक्वेल चलचित्रको प्रदर्शन मिति फेरियो

  •  
  •  
  •  
  •  
  •  

 काठमाडौं, ६ चैत्र । नेपाली चलचित्र इतिहासमा सर्वाधिक व्यापार गरेर रेकर्ड बनाउन सफल चलचित्र ‘छक्का पन्जा’को सिक्वेल छक्का पञ्जा २ बन्ने भएको छ । छक्का पन्जा २ बनाउने अनौपचारिक घोषणा भएसँगै यतिबेला चौतर्फी चर्चा भइरहेको छ ।

कहिले चलचित्रको नाम ‘छक्का पन्जा २’ र ‘छक्का पन्जा फेरि’मा निर्माण पक्षले स्पष्ट पार्न सकेको छैन । नामका विषयमा निर्माण पक्षको फरक फरक धारणा आएको छ । निर्देशक दीपाश्री निरौला चलचित्रको नाम छक्का पन्जा २ नभई छक्का पन्जा फेरि भन्दै आइरहेकी छिन् भने निर्माताको साथै लेखक र कलाकार रहेका दीपकराज गिरि छक्का पन्जा २ भन्दै आइरहेका छन् । चलचित्रको नामसँगै चलचित्रमा नयाँ कलाकारको खोजी भएको भनिएको थियो । त्यस्तै छक्का पन्जा २ मा नायिका सम्राज्ञी शाह र नायक प्रदिप खड्कालाई प्रस्ताव राखिएको भनिपनि संचारमाध्यममा सम्राज्ञीले चलचित्रमा काम गर्ने नमानेकी भन्दै समाचार बने । तर निर्माता दिपकराज गिरीले सम्राज्ञी प्रस्ताव नै नराखेको भन्दै फेसबुकमा स्टाटस समेत राखे ।

छक्का पन्जा २को घोषणासँगै चलचित्रको प्रदर्शन मिति भदौ १६ गते छुटाइएको थियो । तर आइतबार दिउँसो दीपकले आफ्नो फेसबुकमा स्टाटस राख्दै ‘कृ’को प्रदर्शन भदौ ८ मा भएको कारण छक्का पन्जा २ असोज ११ गते प्रदर्शन हुने बताएका छन् । यस्तै चलचित्रको छायाँकन सुरु नहुँदै छक्का पन्जा २ को विदेश राइटस हाइलाइटले लिएको दीपकले खुलाएका छन् । यस्तै हाइलाइटस्कै आग्रहमा चलचित्रको प्रदर्शन मिति सारिएको उनले स्टाटसमा लेखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *