धुर्मुस–सुन्तलीले बनाइरहेको मुसहरबस्ती भिडियोमा

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ६ चैत । धुर्मुस–सुन्तली फाउन्डेशनको नामबाट निर्माणको अन्तिम चरणमा रहेको मोहत्तरीको बर्दिवासा–२ स्थित मुसहर बस्तीलाई भिडियोमा उतारिएको छ ।

हास्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरेको अगुवाइमा निर्माण भइरहेको ‘एकिकृत नमुना मुसहर बस्ती’लाई उतारिएको भिडियोमा अहिले घरहरुलाई रङ्ग्याउने काम भइरहेको देखिन्छ ।

आउँदो वैशाख १ गते स्थानीय मुसहरहरुलाई हस्तान्तरण गरिनेछ । दुई महिना अघिदेखि निर्माण थालिएको सो नमुना मुसहर बस्तीमा ५० वटा घर, सामुदायिक भवन, मन्दिर, धारा, बिजुली, बाटोलगायतका सुविधासहितको हुनेछ ।

काभ्रे र सिन्धुपाल्चोकका भूकम्प पीडितहरुलाई नमुना बस्ती निर्माण गरेर हस्तान्तरण गरेका उनीहरुले करिब चार करोड ७८ लाख रुपैयाँ लागतको अनुमान गरिएको मुसहर बस्ती निर्माणमा जुटेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *