६ लाख भन्दा बढिले हेरे ‘वीर विक्रम’ युट्युबमा

  •  
  •  
  •  
  •  
  •  

 काठमाडौं, ६ चैत । निर्देशक मिलन चाम्सको निर्देशनमा बनेको चलचित्र ‘वीर विक्रम’ युट्युबमा सार्वजनिक भएको छ । गएको शुक्रबार साँझ सार्वजनिक भएको चलचित्रलाई आइतबार साँझसम्ममा ६ लाख भन्दा बढिले हेरिसकेका छन् भने नेपालको ट्रेडिङ नम्बर २ मा रहेको छ ।

गएको भदौमा प्रदर्शन भएको सो चलचित्र पुरानो भएर भन्दा पनि दर्शकको इच्छाअनुसार सार्वजानिक गरिएको निर्देशक चाम्सले बताए । उनी यतिबेला ह्यापी डेज र ब्लाइन्ड रक्सको काममा ब्यस्त छन् । ‘वीर विक्रम’ले ब्यापार पनि राम्रै गरेको थियो । चलचित्रमा दयाहाङ राई, अर्पण थापा, अनुप बिक्रम शाही, नाजिर हुसेन, दिया पुन लगायतको अभिनय रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *